प्रभु इन्स्योरेन्सको २४ औँ बार्षिकोत्सव सम्पन्न



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २३ औँ बार्षिक साधारण सभा तथा २४ औं बार्षिकोत्सव कार्यक्रम श्रावण १७ गते सम्पन्न भएको छ । तिनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा सम्पन्न भएको बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक प्रतिवेदन पारित गरेको छ ।

२४ औँ स्थापना दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा कार्यक्रमकाप्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष
श्री चिरन्जिवी चापागाईज्यूले निर्जीबन बीमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको संस्थागत सुशासन अब्बल रहेको बताउनु हुंदै व्यवसायको तुलनामा दावी भुक्तानी न्यून रहेको बताए । साथै अन्य परिसुचकहरु राम्रो रहेकोले कम्पनीको अवस्था धेरै राम्रो रहेको समेत उनले स्पष्ट पारे ।

बिगत वर्ष बीमाको पहुँच ६÷७ प्रतिशत जनतामा रहेकोमा आ.व.२०७५÷०७६ मा १९ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको बताउँदै मुलुकको कुल गार्हस्थ उत्पादनमा बीमाक्षेत्रको योगदान २ प्रतिशत रहेको समेत अध्यक्ष चापागाइले जानकारी दिए । साथै बीमा कम्पनीको पूँजी बृद्धिको लागि तोकिएको समय सिमा समाप्त भएकोले अव तोकिएको चुक्ता पुँजी पु¥याउन नसक्ने कम्पनीको लागि कुनै पनि समय सिमा थप नगर्ने तथा पुँजी बृद्धि गर्न असफल कम्पनीहरुलाई स्पष्टिकरण सोधि सकिएको बताउँदै बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृतीबिकासको लागि सबै बीमा कम्पनी तथा बीमा समितिको सहकार्यमा बीमा तालिम केन्द्र स्थापना गरिसकिएको बताए ।

सोहि कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनी बीमा समितिको मार्गदर्शनमा अगाडी बढिरहेको बताउँदै कम्पनीले बीमाको बिकासको लागि नयाँ÷नयाँ प्रोडक्टहरुको शुरुवात गर्न लागेको र त्यसका लागि नियामनकारी निकायको सदैव सहयोगको आवश्यकता रहेको बताइन ।

कम्पनीको बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत व्यवशाय बृद्धि गरेकोे बताउनु हुंदै ग्राहकवर्गको सुविधाको दावी भुक्तानीको सेवा ७ वटै प्रदेशमा बिस्तार गरिसकिएको तथा ग्राहकलाई बीमालेख तथा दावी सम्वन्धी जानकारी दिनको लागि इलष्लिभ क्थकतझ को बिकास गरेको बताउँदै आगामी दिनमा थप शाखा सञ्जाल बिस्तार गर्दै लगिने बताए ।

हाल कम्पनीको चुक्ता पूजी रु. १ अर्व ५० लाख ७६ हजार पुगेको छ । साथै केन्द्रिय कार्यालय सहित ५० भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु