नेपालीको बाक्लो बस्ती भएको अमेरिकाको टेक्सासमा भीषण गोलीबारी, २० जनाको मृत्यू, कयौं घाईते



बाल्टिमोर । नेपालीको बाक्लो बस्ती रहेको अमेरिकाको टेक्सास राज्यमा शनिबार भएको गोलीबारीमा कम्तीमा २० जनाको मृत्यू भएको छ ।

घटनामा २३ जनाभन्दा बढी घाईते भएको र करिब ११ जनाको अवस्था चिन्ताजनक रहेको स्थानीय सञ्चार माध्यममहरुले जनाएका छन् ।

टेक्सासस्थितइ आई पासोमा रहेको एक सपिङ्ग कम्प्लेक्समा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका हुन् । सिलोभिस्टामल नजिकैको वालमार्ट स्टोरमा घटना भएको प्रहरीले जनाएको छ ।

वालमार्ट अमेरिकामा रहेका धेरै नेपालीहरुले काम गर्ने मध्येको एक चर्चित स्टोर हो । यद्यपी घटनामा कुनै नेपाली परेको वानपरेको बारेमा भने स्पष्ट भईसकेको छैन ।

अमेरिकी समाचार संस्था सिएनएनको अनुसार मेक्सिन कामदारलाई लक्षित गर्दै गोली प्रहार गरिएको थियो । घटना भएको स्थान अमेरिका र मेक्सिकोको सिमामा पर्दछ । इआई पासो अन्तराष्ट्रियविमानस्थलबाट समेत नजिकै उक्त नरसंहार गरिएको छ ।

उक्त स्थानमा नेपालीको बाक्लो बस्ती नरहेको टेक्सासमा रहेका नेपालीहरुले बताएका छन् । आक्रमणमा ज्यान गुमाउनेहरूको पहिचान भएको छैन ।

टेक्सास राज्यका गभर्नर जर्ज एबोटले गोलीकाण्ड इतिहासकै सबैभन्दा भयानक भएको बताए । घटनामा संलग्नको आशंकामा प्रहरीले पक्राउ गरेको २१ वर्षीय युवक प्याटरिक क्रुसिअसले धेरै भन्दा धेरै मेक्सीकनलाई मार्नको लागि गोली चलाईएको बयान दिएको र उनले गोली चलाएकोमा कुनै पछुतो नमानेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

यहाँको स्कुले छुट्टी सकिएर स्कुल फर्कने समयको किनमेललाई लक्षित गरि गरिएको घटनामा २ बर्षे बालक देखि ८२ वर्षिय बृद्धाको समेत ज्यानगएको छ ।

‘यो ईतिहासकै अर्को एक दुखद घटना हो, २१ वर्षिय युवाले एके ४७ बराबरको राईफलले अन्धाधुन्ध गोलीबारी गरेर यत्रो नरसंहार गरेको दिनलाई ईतिहासमा कालो दिनकोरुपमा लेखिने छ । टेक्सासका गर्भनरलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ । घटना भएको समयमा १ सयभन्दा बढी वालमार्टमा काम गर्ने कामदार र १ देखि ३ हजारको हाराहारीमा ग्राहक रहेको बताईएको छ ।

शनिबार र आईतबार अमेरिकामा सार्वजनिक विदा हुने भएको कारण सपिङ्ग सेन्टरहरुमा किनमेल गर्नेहरुको भिड लाग्ने गर्दछ । बन्दुकधारीले सवारीसाधन पार्क गर्ने पार्किङ्ग लटबाटै गोली बर्साउन सुरु गरेको कारण अझै धेरै हताहतीहुनबाट रोकिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय सरकारबाट सबै किसिमको सहयोग गरिनेभन्दा घटनालाई नजिक बार हेरिरहेको बताएका छन् ।

केही दिनअ गाडिमात्रै पनि क्यालिफोर्नियाको एक महोत्सवमा यस्तै घटना भएको थियो । यस अगाडि भर्जिनिया टेक युनिभर्सिटीमा बन्दुकधारीले ३२ जनाको ज्यान लिएका थिए भने कनेक्टिकटको स्याण्डी हुक एलेमेन्टरी स्कुलमा एक बन्दुकधारीले २८ बालबालिका मारेका थिए ।

ओर्लान्डोको एक रात्रि क्लबमामात्रै अर्को ४९ जना मारिने गरि गोलीबारी भएको थियो । सन् २०१७ अगस्टमा लस भेगसमा भएको गोलीकाण्डमा ५८ जना मारिएका थिए ।

अमेरिकामा सार्वजनिक स्थानमा यस्ता घटनाहरु धेरै हुने भएको कारण विज्ञहरुले सार्वजनिक स्थानमा हिड्डावाकाम गर्दा विशेष ख्याल राख्न सुझाव दिएका छन् ।


पुष्प दुलाल