फेरि ४ वर्षका लागि प्राइम बैंकको सिइओमा मानन्धर



काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नारायणदास मानन्धरले निरन्तरता पाएका छन् ।

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी ४ वर्षे कार्यकालका लागि सिइओमा नियुक्ती गरेको हो ।

राष्ट्र बैंकले सिइओहरुले दुई कार्यकाल काम गर्न पाउने गरेको व्यवस्था पछि भने उनको यो दोस्रो कार्यकाल हो । मानन्धर स्थापना कालदेखि नै बैंकको सिइओ रहेका थिए । योसहित उनी बैंकमा चौथो कार्यकालका लागि सिइओ भएका छन् ।

पछिल्लो समयमा बैंक मर्जरमा जाने विषयमा निकै आक्रमक देखिएको छ । जसको एक सुत्रधार सिइओ मानन्धर भएको बैंक स्रोतको भनाई छ ।

मानन्धर पाको उमेरका भएपनि बैंक सञ्चालनमा भने निकै अब्बल मानिन्छन् ।


क्लिकमान्डु