गणपति माइक्रोफाइनान्सको नाफा ३ करोड, खराब कर्जा कति ?



काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५-०७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ३ करोड ४ लाख ८१ हजार खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोहि अवधिमा २७ लाख २२ हजार घाटा रुपैयाँ घाटामा रहेको थियो । यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी १५७.३६ प्रतिशतले बढेर ६ करोड ९ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा २ करोड ३६ लाख ६५ हजार रुपैयाँ रहेको थियो । यस्तै ३ करोड ७३ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिमा २८ लाख ३५ हजार नोक्सानमा रहेको थियो ।

१० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ करोड ७१ लाख ४६ हजार रुपैयाा रहेको छ । २३ करोड ७२ लाख ३४ हजार निक्षेप संकलन गरेको संस्थाले ८७ करोड ७५ लाख ४३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

अघिल्लो आवमा ०.९३ प्रतिशत खराब कर्जा रहेको संस्थाको अहिले भने ०.६९ प्रतिशत रहेको छ । २९ रुपैयाँ ४५ पैसा प्रति सेयर आम्दानी रहेको संस्थाको ११६ रुपैयाँ ५७ पैसा प्रतिसेयर नेटवर्थ रहेको छ ।


क्लिकमान्डु