मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई हकप्रद दिने, कहिले हुँदैछ बुक क्लोज ?



कठमाडौं । मुक्तिनाथ विकास बैंकले लगानीकर्ताहरुलाई १०.२ अनुपातमा हकप्रद सेयर दिने भएको छ ।

बैंकको असार १० गते शुक्रबार बसेको सञ्चालक समितिको २१४ औं निर्णय अनुसार ६१ लाख २९ हजार ५२० कित्ता सेयर जारी गर्ने निर्णय गरेको छ ।

बैंकले १२ औं वार्षिक साधारण सभाबाट पारित ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँको १०.२ अनुपातमा हकप्रद दिने निर्णय गरेको हो । हकप्रद दिने भएपछि साउन ३१ गते सेयर खारेज बन्द गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु