विदेशबाट नेपाल फर्कदा ल्याउने टेलिभिजनको भन्सार शुल्क कति पर्छ ? (सूचिसहित)



काठमाडौं । बैदेशिक रोजगारीमा जाने नेपालीले नेपाल फर्कदा ल्याउने सामानमा टेलिभिजन पनि पर्छ ।

सरकारले बैदेशिक रोजगारीमा गएर एकवर्षपछि फर्केर आउने कामदारले एक पटकको लागि ३२ इन्चसम्मको जुनसुकै प्रकारको टेभिभिजन सेटमा कुनैपनि शुल्क लिने गर्दैन । यसको लागि भन्सार विभागमा टेलिभिजन ल्याएको अभिलेखिकरण गर्नुपर्ने हुन्छ ।

३२ इन्चभन्दा बढीको टेलिभिजन सेटमा भने सो छुट दिने छैन । राजपत्रमा प्रकाशित गरेर यात्रुले ल्याउन र लैजान पाउने सामानको विवरण उल्लेख गरिएको हुन्छ ।

गत जेठ १५ मा आएको बजेटले टेलिभिजनको हकमा केही पनि व्यवस्था परिवर्तन गरेको छैन ।

सरकारले विदेशबाट फर्कदा नेपाली यात्रुले ल्याउने टेलिभिजनमा मूल्यको ५५ प्रतिशतसम्म समदर भन्सार महुशल असुल गर्ने गर्छ । यसबाहेक भन्सार शुल्क ५६५ रुपैयाँ लिने गरेको छ ।

३२ इन्चभन्दा बढीको टेलिभिजन ल्याएपछि त्यसको मूल्यमा ५५ प्रतिशतसम्म समदर महशुल र ५६५ रुपैयाँ भन्सार शुल्क यात्रुले तिनुपर्छ । यसमा कुनैपनि मोडलको टेलिभिजन भनिएको छैन । मात्र खरिद मूल्यमा ५५ प्रतिशत महशुल र भन्सार शुल्क ५६५ लाग्छ ।

भन्सार विभागका अनुसार यदी कोही यात्रुले ६५ इन्चको टेलिभिजन ल्याएको छ भने त्यसको मूल्य १ लाख ४७ हजार ७२७ रुपैयाँ तोकिको छ । भने उसले ८१ हजार २५० रुपैयाँ समदुर महशुल र ५६५ रुपैयाँ भन्सार शुल्क गरेर ८१ हजार ८१५ रुपैयाँ सरकारलाई बुझाउनुपर्ने हुन्छ ।


क्लिकमान्डु