उच्च अदालत पाटन परिसरमा एन.आई.सी एशिया बैंकको एटीएम
काठमाडौं । एन.आई.सी एशिया बैंक र उच्च अदालत पाटनबीच ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।
उच्च अदालत परिसरमा एटिएम संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल मुलुकभर २९२ शाखा कार्यालयहरु, ३१५ एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दैै आएको छ ।