सिटिजन्स बैंकमा ४ जना सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त




काठमाडौं । सिटिजन्स बैंकले चार जना सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । नियुक्त हुनेहरुमा हालका प्रमुख कर्जा अधिकृत सुमित बाबु खत्री, प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्र लाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मा रहेका छन ।

कार्तिक १ गतेबाट लागु हुने गरी बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जनाएको छ । बैंकको स्थापनाकाल देखिनै आबद्ध चारै जनाले विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन ।

करिव १९ वर्षको बैंकिंग अनुभव भएका सुमित बाबु खत्रीले १५ वर्ष कर्जा विभागको विभिन्न ओहदामा रही कार्यसम्पादन गरि सकेका छन । प्रमुख कर्जा अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका सुमित बाबु खत्री अन्तर्गत हाल संस्थागत तथा व्यवसायिक बैंकिंग युनिट, उपभोक्ता बैंकिंग युनिट, एस. एम. ई. युनिट तथा सहवितियकरण र पूर्वाधार बैंकिंग युनिट रहेका छन् ।

त्यसै गरी १९ वर्षको बैंकिंग अनुभव भएका पारस कुमार काफ्ले विभिन्न ओहदामा रही बैंकिंग सेवा प्रवाह गरेका छन । शाखाको संचालन तथा व्यवस्थापन , निति नियमको अनुपालन , संस्थागत कर्जा तथा एस. एम. ई. कर्जा जस्तो क्षेत्रमा अब्बल रहनु भएका काफ्ले हाल प्रमुख संचालन अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका छन ।

करिव १९ वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आउनु भएका राजेन्द्र लाल श्रेष्ठले विभिन्न ओहदामा रही कार्यसम्पादन गरेका छन । हाल उनी बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन ।

नियुक्त हुने मध्येका उमंग शर्माले करिव १८ वर्ष देखि वाणिज्य बैंकमा सेवा प्रवाह गर्दै आएका छन । लामो समयसम्म कर्जा विभागमा उल्लेख्य काम गरेका उनी हाल प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका छन । हाल उनी अन्तर्गत मानव संसाधन विभाग, सामान्य सेवा विभाग, र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् । उनी बैंकको प्रवक्ता समेत हुन

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु