ज्योति विकास बैंकको ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न



काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १२औं वर्षमा प्रवेश भएको उपलक्ष्यमा ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

गत वर्ष जस्तै वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ जसमा १०० भन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्। ।

सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत इ(नेबल नेपाल नामको संस्थालाई रु २ लाख सहयोग हस्तान्तरण गरेको छ । उक्त रकम ३डि प्रिन्टेड प्रोस्थेटिक कृत्रिम हात निर्माण गरी हात नभएका १० बालबालिकामा जडान गर्नको लागि उपयोग गरिने बैंकले जानकारी दिएको छ । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रुपमा रु २ लाखको चेक (नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित ूहाम्रो विकास प्रवद्र्धन कोषू मार्फत बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

वार्षिकोत्सवकै अवसरमा बैंकले “हाम्रो सुरक्षित बचत खाता” नामक नयाँ बचत खाता पनि सार्वजनिक गरेको छ । बचतसंगै ५ लाखसम्म दुर्घटना बीमा तथा १ लाखसम्म औषधि उपचार खर्च प्रदान गर्ने नयाँ बचत खाताले ग्राहकवर्गलाई थप सुविधा पुर्याउने बैंक विश्वास लिएको छ ।

हाल बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । त्यसै गरी आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने र अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।


क्लिकमान्डु