उन्नति माइक्रोफाइनान्स र सहकार्य लघुवित्त मर्जरमा जाने, आजै हस्ताक्षर



काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था आपसमा मर्जरमा जाने भएका छन् ।

५ नम्बर प्रदेशमा कार्यक्षेत्र बनाएर काम गरिरहेको उन्नति र २ नम्बर प्रदेशमा केन्दीत सहकार्य लघुवित्त वित्तीय संस्था मर्जरमा जान लागेका हुन ।

सहकार्य संस्था स्रोतका अनुसार बिहीबार साँझ मर्जरको लागि सहमति पत्रमा हस्ताक्षर हुने छ । उन्नतिले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा आइपुग्दा ३ करोड १६ लाख ७९ हजार खुद नाफा आर्जन गरेको छ ।

५० करोड २९ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ७५ करोड ४० लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

८ करोड ८२ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी भएको उन्नतिको गत आवको तेस्रो त्रैसमासम्ममा जगेडा कोषमा ३ करोड ९७ लाख ९ हजार रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु