सेञ्चुरी बैंकद्धारा नेपाल आखाँदान समाजलाई सहयोग
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आखाँदान समाजलाई अत्यावस्यक भौतिक सामाग्रीहरु सहयोग गरेको छ । बैंकको मानभवन शाखा उक्त सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।
‘आँखादान महादान’ भन्ने विश्व व्यापी नारालाई आत्मसात गरि आखाँको नानीको कारणबाट हुने अन्धोपन उन्नमूलन गर्ने उद्देश्य अनुरुप स्थापित उक्त सँस्थालाई सहयोग गरेको बैंकले जनाएको छ ।
आखाँ स्वास्थय सम्बन्धी जनचेतना मुलक अभिमुखिकरण कार्यक्रम सञ्चालनको लागि अत्यावस्यक भौतिक सामाग्रीहरु बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गरेका हुन ।