मौद्रिक नीति आएको भोलिपल्टै सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । मौद्रिक नीति आएको भोलिपल्टै सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्स मापन गर्ने सूचक १४.१५ अंकले घटेर १२६९.९२ बिन्दुमा रोकिएको छ ।
१७१ कम्पनीको २१ लाख ९८ हजार १२६ कित्ता सेयर ५५ करोड ५ लाख ३२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ समूहको कारोबारमा सबैमा नै गिरावट देखिएको छ । बैंकिङ १२.५६, होटल ३२.८४, निर्जीबन बीमा कम्पनी ८४.३५, माइक्रोफाइनान्स १९.६८, जीवन बीमा समूहको उपसूचक ५३.५४ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । प्रभुको ६ करोड १७ लाख ५१ हजार ८२७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा कृषि विकास बैंक र नेपाल बैंक रहेका छन् ।