डेपुटी गभर्नर शिवाकोटी भन्छन्- १५ वटाभन्दा बढी वाणिज्य बैंकको संख्या आवश्यक छैन

539
Shares


काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले वाणिज्य बैंकको संख्या १५ वटाभन्दा बढी आवश्यक नरहेको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सिवाकोटीले भने, ‘१५ वटाको हाराहारीमा कमर्सियल बैंकको संख्या झार्न सकियो भने यसले वित्तीय पहुँच विस्तारमा कतै पनि असर गर्दैन् ।’

उनका अनुसार अहिले ६० प्रतिशतमा वित्तीय पहुँच पुगेको हामी अनुमान गरेका छौं । यद्यपि यो अध्ययन अनुसन्धान गर्नुपर्ने छ । तर बैंकको संख्या घटाउँदा कुनै असर पर्दैन् ।

कार्यक्रममा बोल्दै उनले विकासभन्दा वित्त कम्पनीहरु मासिएका भन्ने कुरा आए पनि नमासिएको बताए । वित्त कम्पनी २३ वटा छन् । विकास बैंक १५ वटा छन् । वाणिज्य बैंकका शाखाका विस्तार भइरहेका छन् । आजका दिनमा वाणिज्य बैंकका ८ हजार ४४३ शाखा विस्तार भइसकेका छन् ।

उनले भने, ‘जब यी मर्जरमा जाँन्छन, शाखा खोल्न स्वीकृति लिनुपर्दैन् भने त झन शाखा हुने भैहाल्यो । वित्तीय पहुँच विस्तारमा टेवा दिन्छ ।’

Skip This