मौद्रिक नीतिले मर्जरलाई प्रोत्साहन गरेर संख्या घटाउने लक्ष्य लियोः सिइओ ज्ञवाली



काठमाडौं । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई स्वागत योग्य मान्नुपर्ने बताएका छन् ।

मौद्रिक नीति पनि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले मौद्रिक नीतिले मर्जर, प्राप्तिलाई प्रोत्साहन गरेर संख्या घटाउने लक्ष्य राखेको बताए ।
ज्ञवालीले भने ‘बाँकी पोलिसिगत विषयमा खासै फरक भएको देखिएन ।’

वाणिज्य बैंकहरु मर्जर, प्राप्तिमा गयो भने त्यसले केही सुविधा, सीईओ तथा डाईरेक्टरहरुलाई लाग्ने कुलिङ पिरियडमा छुट दिने व्यवस्था गरेको छ । यी लगायत अन्य धेरै खाले छुट थपिएर आएको धारणा राखे ।


क्लिकमान्डु