पिओएस सेलबाट भुक्तानी गर्दा अतिरिक्त शुल्क नलाग्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले पोइन्ट अफ सेलबाट भुक्तानी गर्दा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा कार्डबाट भुक्तानी गर्दा लिदै आएको अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरको छ । यसअघि कम्पनीहरुले अतिरिक्त शुल्क लिदै आएका थिए ।

अनलाइन कारोबारलाई बढाउनको लागि राष्ट्र बैंकले सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।


क्लिकमान्डु