मौद्रिक नीति आउने दिन यस्तो देखियो सेयर बजार



काठमाडौं । बुधबार मौद्रिक नीति आउँदैछ । मौद्रिक नीति आउने दिनको सुरुमा सेयर बजारमा खासै उत्साह नदेखिए पनि कारोबारको अन्तिम समयमा भने बजारमा सामान्य सुधार देखिएको छ ।

नेप्से मापन गर्ने सूचक ६.९० अंकले बढेर १२८४.०७ बिन्दुमा रोकिएको छ । १७० कम्पनीको १३ लाख ४६ हजार ३३० कित्ता सेयर ४४ करोड ३४ लाख ८१ हजार ३९१ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा ११ समूहको कारोबार भएको छ । जसमा बैंकिङ समूहको उपसूचक ६.२३, होटल ४०.३६, निर्जीबन बीमा ६८.४४, माइक्रोफाइनान्स समूहको उपसूचक १४.९८ अंकले बढेको छ ।

बुधबारको कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको ३ करोड ९९ लाख ४४ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा कृषि विकास बैंक र प्रभु बैंक रहेका छन् ।


क्लिकमान्डु