महालक्ष्मी विकास बैंकले पायो “वेष्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०१८”
काठमाडौं । महालक्ष्मी विकास बैंकले वेष्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड हात पारेको छ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८ पाउन सफल भएको हो ।
विकास बैँकतर्फ महालक्ष्मी विकास बैँकले प्रथम स्थान प्राप्त गरेको छ । उक्त समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई उक्त अवार्ड प्रदान गरेका थिए ।