सेयर बजारमा सामान्य सुधारको संकेत



काठमाडौं । सेयर बजारमा ५.९४ अंकले बढेर १२७७.१७ बिन्दुमा रोकिएको छ । १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता सेयर ३६ करोड ८९ लाख ८० हजार ८६० रुपैयाँमा किनेबेच भएको छ ।

११ समूहको कारोबारमा बैंकिङ ६.९७ डेभलपमेन्ट बैंक ४.१७, निर्जीबन बीमा कम्पनी ३८.०५, माइक्रोफाइनान्स २८, जीवन बीमा समूहको उपसूचक ५.१९ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा कृषि विकास बैंक अग्रस्थानमा देखिएको छ । बैंकको ४ करोड ५१ लाख २२ हजार ३६९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

मंगलबारको कारोबारमा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, स्वेदेशी लघुवित्त वित्तीय संस्था, नेशनल माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्था, समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने दिब्यश्वरी हाईड्रोपावर, यूनियन हाईड्रोपावर, सृजना फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु