बिग मर्जरमा जादा बैंक संचालक ७ जनाले पुग्दैनः मेगा बैंक अध्यक्ष शाह



बैंकका अध्यक्ष भोजबहादुर शाहले बिग मर्जरमा जादा संचालकको संख्या बढाउनुपर्ने बताए ।

२ अर्ब पुजि हुदा ९ जना सन्चालक थिए अहिले ८ अर्ब हुँदा ७ जना राखिएको छ । बिग मर्जर भएर १६/१७ अर्बको पूँजी पुग्दा ७ संचालकले नपुग्ने टिप्पणी शाहको छ ।
यसबारेमा हामीले सोच्ने बेला आएको शाहले बताए ।

नेपाल बैंकर्स संघले समेत बिग मर्जरमा जादा संचालकको संख्या बढाउनको लागि सुझाव दिएको छ ।

बैंकहरुमा संचालकको संंख्या बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन(बाफिया) मार्फत तोएिको हो ।

मेगा बैंकको वार्षिकउत्सव कार्यक्रममा बोल्दै उनले बिग मर्जरमा जादा संचालकको संख्या बढाउनुपर्नेमा सोच्ने बेला आएको बताएका हुन् ।

यसको लागि बाफियामा भएको यो व्यवस्था संसोधन गर्नुपर्छ । अहिले बाफिया संसोधनको क्रममा रहेको छ ।


क्लिकमान्डु