५४ वटा संस्थामात्र आस्वाको सदस्य, अरुबाट सेयर खरिद गर्दा मान्य नहुँने



काठमाडौं । धितोपत्र बोर्डबाट सि-आश्वा सदस्य लिएका ६४ मध्ये ५४ वटा बैंक तथा वित्तीय संस्थाबाट सेयर खरिद गर्न सकिने भएको छ । त्यो भन्दा बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट सेयर खरिद गरेमा मान्य नहुने धितोपत्र बोर्डले जनाएको छ ।

धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्ने ४७ वटा बैंक तथा वित्तीय संस्था (आस्वा सदस्य) ले अनुमति नविकरण गरेका छन् भने थप ३ वटाले नयाँ सदस्यता लिएको बोर्डले जनाएको छ ।

सि–आस्वा अनुमति १ वर्षको लागि मात्र हुने भएकाले प्रत्येक आर्थिक वर्षको असार मसान्तमा सदस्यता नविकरण गर्नुपर्ने हुन्छ । असार मसान्तसम्म नविकरण नगर्नेहरुको सदस्यता नै खाजेरी हुने भएकाले पुनः नयाँ सदस्य लिनु पर्ने व्यवस्था रहेको धितोपत्र बोर्डका सह प्रवक्ता निरञ्जय घिमिरेले बताए ।

आगामी आर्थिक वर्ष २०७६/७७ को लागि अनुमति पत्र नविकरण गरेका संस्थाबाट मात्र धितोपत्र खरिदको लागि दरखास्त दिन बोर्डले भनेको छ । सि–आस्वा सदस्य नविकरण गर्ने तथा नयाँ सदस्य लिनेमा वाणिज्य बैंक, फाइनान्स कम्पनी तथा विकास बैंक रहेका छन् ।

बोर्डका अनुसार नविकरण गर्न छुटेका ज्योति विकास बैंक, सेन्ट्रल फाइनान्स, गोर्खाज फाइनान्स, रिलायन्स फाइनान्स, गण्डकी विकास बैंक, सप्तकाेशी विकास बैंक र नेपाल कम्युनिटी विकास बैंकले  नयाँ सदस्यता लिएका छन् । सि–आश्वा सदस्य नविकरण नगरी वा नविकरण नभएको भए तत्काल सदस्य लिनु पर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाको नविकरण खारेजी भएर रोकिएको खण्डमा सेयर लगानीकर्तालाई समस्या पर्ने गरेको छ । सदस्यता लिन आउनेहरुको लागि समय रहेको बोर्डले जनाएको छ ।


क्लिकमान्डु