माछापुच्छ्रे बैंकको ३० लाख युनिट ऋणपत्र बिक्री सुरु, कति पाइन्छ ब्याज ?



काठमाडौ । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँको ३० लाख युनिट ऋणपत्र बिक्री सुरु गरेको छ । बैंकले प्रति युटिन एक हजार रुपैयाँ अंकित ३० लाख युनिट ऋणपत्र बिक्री सुरु भएको हो ।

३० लाख युनिट मध्ये १२ लाख युनिटमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने छन भने १८ लाख युनिट बैंकले अन्य संघ संस्थालाई बिक्री गर्ने जनाएको छ ।

बैंकले १० वर्ष अवधिमा ‘१०.२५ प्रतिशत माछापुच्छ्रे डिबेञ्चर–२०८३’ निश्कासन गरेको हो । बैंकको ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन् । यसको ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने बताइएको छ ।

ऋणपत्रको बिक्री अवधि साउन ९ गते सकिने छ । त्यो अवधिमा नबिकेको खण्डमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । ऋणपत्रमा न्यूनतम २५ र अधिकतम ११ लाख ७० हजार युटिनका लागिग आवेदन दिन सकिने छ ।


क्लिकमान्डु