प्रभु बैंकमा विदेशी मुद्रा साट्नको लागि अब मोबाइल एप मार्फत आवेदन दिन सकिने



काठमाडौं । प्रभु बैंकले विदेशी मुद्रा सटहीको लागि मोबाइल एप मार्फत अनलाइन आवेदन दिन सकिने सुविधा संचालनमा ल्याएको छ ।

यसको लागि प्रभु बैंकले ‘प्रभु इजी फरेक्स’एप ल्याएको हो । यो एप प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

एप मार्फत विदेशी मुद्रा सटहीको लागि अनलाइन मार्फत आवेदन दिन सकिने छ ।

त्यसपछि ग्राहकले केही समयभित्र एसएमएस मार्फत कन्र्फर्मेसन नम्बर पाउने छन् । त्यसपछि आफुलाई पायक पर्ने तथा शाखा तथा काउन्टरबाट विदेशी मुद्रा सटही गर्न सकिने छ ।

विस्तृत जानकारीका लागि भिडियाे हेर्नुहाेस ।


क्लिकमान्डु