लाभकरको विवाद अन्त्य गर्न राजस्व सचिवले बोलाए सरोकारवालासँग बैठक



काठमाडौं । भारित औषत लागत विधिबाट पुँजीगत लाभकर गणना विधि टुंग्याउन भन्दै अर्थ मन्त्रालयमा केही समयमा छलफल हुने भएको छ ।

लाभकर गणना विधिमा अन्योलता देखिँदा लगानीकर्ताले विरोधमा गरेपछि राजस्व सचिव लालशंकर घिमिरेको सोमबार २ बजेपछि मन्त्रालयमा नै छलफल गर्न नियामक निकायलाई बोलाएका छन् ।

सचिव घिमिरेले आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष लक्ष्मण न्यौपानेलाई उक्त समस्याको २४ घन्टा भित्र समाधान गर्न निर्देशन दिएका थिए । उक्त निर्देशन पछि आइतबार साँझ बोर्डमा नेप्से, सिडिएससी र धितोपत्र बोर्डको बैठकले गणना विधि मन्त्रालयले नै टुंग्याउने निष्कर्ण निकालेको थियो ।

उक्त विषयमा सोमबार पनि नेप्सेमा छलफल तीन वटै निकायको छलफल भएको छ । सोमबार नै २ बजेपछि मन्त्रालयमा राजस्व सचिव सहित बोर्ड, नेप्से र सिडिएससीको छलफल हुने बताइएको छ । यता सिडिएससीका सिइओ देव प्रकाश गुप्ताले अहिलेसम्म आफू चाँही मन्त्रालयमा जाने वा नजाने भन्ने टुंगो नभएको बताए ।

मन्त्रालयमा हुने उक्त छलफलले लाभकर गणना विधि आजै टुंग्याउने बताइएको छ । बजेटमा भारित औषत लागतको आधारमा भनेर आएपनि त्यसको कट अफ (लागत निर्धारण) कहिलेबाट हो ? त्यसको विधि के हो ? आएको छैन ।

लागत निर्धारण समयावधि असार मसान्तलाई लागत निर्धारण राख्ने तयारीमा नियामक रहेपनि लगानीकर्ता भने उत्तर कुमार खत्रीको संयोजकत्वमा गठित समितिले तयार गरेको रिपोर्टमा २०७२ पुस मसान्तलाई कट अफ राख्ने भनेको थियो त्यही नै हुनुपर्ने अडानमा रहेका छन् ।


क्लिकमान्डु