बजेटपछि मात्रै १ लाखले लिए प्यान, कसरी लिन सकिन्छ प्यान ?



काठमाडौं । सरकारले यही साउन १ गतेदेखि तलब तथा अन्य सुविधा लिन अनिवार्य रुपमा स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गरेपछि पछिल्लो ४५ दिनमा मात्रै १ लाख बढीले प्यान लिएका छन् ।

१ हजार रुपैयाँ भन्दा माथिको भुक्तानीमा अनिवार्य प्यान नम्बर लागू गरिएको छ । सोही योजना अनुसार नै प्यान लिनेको संख्यामा बढोत्तरी भएको हो ।

गत जेठ १५ गते सरकारले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो । संघीइ संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले प्यान अनिवार्य गरेका थिए । लेखा प्रणाली तथा भुक्तानी प्रक्रियालाई थप पारदर्शी बनाउनका लागि प्यान अनिवार्य गरिएको सरकारको भनाइ छ ।

आन्तरिक राजश्व विभागका अनुसार हालसम्म करिब २२ लाख बढीले प्यान लिइसकेका छन् । पछिल्लो ४५ दिनमा मात्रै १ लाख प्यान थपिनुलाई विभागले सकारात्मक भन्दै त्यस्तो नम्बर नलिएकालाई समेत तत्काल लिन आग्रह समेत गरेको छ ।

विभागका अनुसार दैनिक २ हजार २२२ जनाले प्यान लिएका छन् । सरकारी तथा गैरसकारी संस्था, निजी संस्थामा कार्यरत सबैले अनिवार्य रुपमा प्यान लिनुपर्ने व्यवस्था गरेपछि चासो समेत बढेको हो ।

सरकारले एक व्यक्ति इक स्थायी लेखा नम्बर भन्ने नीति लिएको छ । सोही नीतिका आधारमा प्यान लिनेको संख्यामा बाढोत्तरी भएको हो ।

कसरी लिन सकिन्छ प्यान

विभागले आफ्नो बेवसाइटमा रहेको ट्याक्सपेयर पोर्टलमा गएर अनलाइन फारम भर्न सक्छन् । वा आफूलाई पायक पर्ने आन्तरिक राजश्व कार्यालयमा गएर समेत फराम भरी प्यान लिन सक्ने व्यवस्था मिलाइएको छ । यस्तै करदाता सेवा कार्यालयमा समेत प्यान लिने व्यवस्था गरिएको छ ।

सरकारी कार्यालय, संघ संस्था, विद्यालय, विश्वविद्यालय, अस्पताल, गैरसरकार िसंस्थालगायत निजी क्षेत्रका संघ संसथा, उद्योग व्यवसाय एवम् व्यवसायिक फर्मले आफ्ना कर्मचारी एवम् कामदारलार्य अनिवार्य रुपमा प्यान लिनुपर्ने व्यवस्था गरिएको छ ।

एकमुष्ठ रुपमा फर्म भरी आएमा वा धेरै कर्मचारी भए सम्बन्धित कार्यालयले पनि आन्तरिक राजश्व्का कर्मचारी बोलाई प्यान लिन पाउने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु