पुँजीगत लाभकरको बिबादले यस्तो पार्यो सेयर बजारमा असर



काठमाडौं । पुँजीगत लाभकरमा देखिएका विवादको असर सेयर बजारमा पनि परेको छ । पुँजीगत लाभकर ७.५ बाट ५ प्रतिशतमा झरेलगत्तै खुसी भएका लगानीकर्ता यसको गणना विधिमा अन्योलता देखिएपछि लगानीकर्ता निराश भएका छन् । लगानीकर्तामा देखिएसँगै सेयर बजारमा गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से मापन गर्ने सूचक ३.७५ अंकले घटेर परिसूचक १२६८.७४ बिन्दुमा रोकिएको छ । १६६ कम्पनीको ११ लाख १९ हजार ५६३ कित्ता सेयर २९ करोड ८१ लाख ५७ हजार ११६ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा वित्त ०.८४ र अन्य समूहको उपसूचक २.८३ अंकले बढ्दा बाँकी ९ वटा समूहको उपसूचकमा गिरावट आएको छ । कारोबार रकमको आधारमा सिभिल बैंक अग्रस्थानमा रहेको छ । सिभिल बैंकको २ करोड ६४ लाख ६१ हजार ५६९ कित्ता सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट र नबिल बैंक रहेका छन् ।

आइतबारको कारोबारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था, मल्टिप्रपोज फाइनान्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने यूनियन हाईड्रोपावर, दिव्यश्वरी हाईड्रोपावर, नबिल इक्विटी फण्ड, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु