पुँजीगत लाभकरको विवाद समाधान गर्न सचिव घिमिरे बोलाए मन्त्रालयमा बैठक



काठमाडौं । राजस्व सचिव लालशंकर घिमिरेले पुँजीगत लाभकर गणना विधिमा देखिएको समस्या भोलिसम्म समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पुँजीबजार लगानीकर्ता संघले लागभकर गणनामा देखिएको समस्याको विषयमा जानकारी गराएपछि सचिव घिमिरेले सकेसम्म आज, आज नभ्याएको खण्डमा भोलिसम्म समस्याको समाधान गर्ने आश्वासन दिएको संघकि अध्यक्ष राधा पोखरेलले जानकारी दिइन् ।

आइतबार संघसँग भएको भेटका क्रममा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई उक्त समस्या समाधानको लागि काम गर्न निर्देशन दिन खोज्दा कार्कीको मोबाइल अफ भएपछि नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेलाई उक्त निर्देशन दिएका छन् ।

सचिव घिमिरेले पुँजीगत लाभकर गणना विधिमा देखिएको समस्या समाधान गर्न नेप्सेलाई निर्देशन दिए लगत्तै मन्त्रालयमा छलफल समेत डाकेका छन् ।

संघकी अध्यक्ष राधा पोखरेलका अनुसार उक्त छलफलमा धितोपत्र बोर्ड, नेप्से र सिडिएससी सहभागी हुनेछन् । मन्त्रालयमा हुने उक्त छलफलले अहिले देखिएको समस्याको तत्काल समाधान निकाल्ने लगानीकर्तामा अपेक्षा रहेको अध्यक्ष पोखरेलले बताइन् ।


क्लिकमान्डु