सेयर कारोबार राफसाफ रोक्का गर्न लगानीकर्ताको आग्रह



काठमाडौै । सेयर बजारसँग सम्बद्ध विभिन्न ४ वटा संघले सेयर कारोबार राफसाफ रोक्का गर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई आग्रह गरेका छन् ।

सबै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन । आइतबार नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह र नेपाल पुँजी बजार संघले दोस्रो बजारमा सेयर बिक्री गरेपछि भौतिक रुपमा ब्रोकर कार्यालयमा गएर विवरण उपलब्ध गराउनु पर्ने निर्णय लगानीकर्ताको लागि अनलाइनको युगमा कालो धब्बा भएको जनाएका छन् ।

सिडिएससीको पुँजीगत लाभकर गणना विधि अव्यवहारी भएको उक्त उक्त निर्णय लगानीकर्तालाई स्वीकार्य नहुने उनीहरुको भनाई छ । जारी संयुक्त विज्ञप्तिमा लगानीकर्तालाई ब्रोकर कार्यालयमा गएर हस्ताक्षर नगर्न र सिडिएससीलाई राफसाफ रोकी समस्यालाई समाधानको लागि सहयोग गर्न समेत आग्रह गरिएको छ ।


क्लिकमान्डु