घरजग्गा बेच्दा १.५ प्रतिशत लाभकर रजिष्ट्रेशन भएको दिन बुझाउनु पर्ने



काठमाडौं । घरजग्गा बिक्री गर्दा अबदेखि १.५ प्रतिशत लाभकर रजिष्ट्रेशन भएको दिननै बुझाउनुपर्ने भएको छ ।

साउन १ देखि लागु भएको सो व्यवस्था व्यक्तिको लागि भने अनिवार्य होइन । मालपोत विभागले जारी गरेको सूचना अनुसार प्राकृतिक व्यक्ति बाहेक अरुको घरजग्गा बिक्री गरेपछि लाभकर वापत १.५ प्रतिशत मालपोत कार्यालयले रजिष्ट्रेशन गर्दा असुल गनुपर्छ ।

सरकारले आर्थिक विधेयक मार्फत प्राकृति व्यक्ति बाहेक बाहेक अन्य कुनै ब्यक्तिको स्वामित्वको जग्गा वा भवनको लाभ कएको मू ल्यमा १.५ प्रतिशत कर सोही दिन लगाउनुपर्ने व्यवस्था गरेको थियो ।


क्लिकमान्डु