सिटिजन्स बैंकको नाफा १ अर्ब ४८ करोड, १२ प्रतिशत लाभांश बाड्न मिल्ने



काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा बैंकको नाफा १ अर्ब २२ करोड रुपैयाँ थियो ।

असार मसान्तसम्ममा बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष निक्षेप ६० अर्ब ६९ करोड थियो । यस्तै कर्जा लगानी तर्फ बैंकले ६२ अर्ब ९० करोड रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले ५५ अर्ब ५९ करोड रुपैयाँ कर्जा दिएको थियो ।

बैंकको प्रति सेयर आम्दानी १७.८९ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १५.३७ रुपैयाँ थियो । एनएपिएल १.१९ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ७६.७९ प्रतिशत रहेको छ । बैंकले ३.८४ प्रतिशत स्प्रेडमा काम गरेको छ । बेसरेट भने १०.५२ प्रतिशत रहेको छ ।


क्लिकमान्डु