बीर अस्पतालमा प्रभु बैंकको २४ घण्टे क्यास काउन्टर



काठमाडौं । प्रभु बैंकले बीर अस्पताल परिसरमा २४ घण्टे क्यास काउन्टर सञ्चालनमा ल्याई कारोबार शुभारम्भ गरेको छ ।

बैंक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालबीच सम्पन्न सम्झौता बमोजिम महाबौद्धस्थित बीर अस्पतालको परिसरमा २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालका उपकुलपति प्रा.डा. देवनारायण साहले एक समारोहकाबीच क्यास काउण्टरको उदघाटन गरेका हुन ।

बीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंकको २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा बीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्नपाउने छन् ।

प्रभु बैंकको क्यास काउण्टर चौबिसै घण्टा लगातार रुपमा सञ्चालन हुने भएकोले अब देखि बीर अस्पतालमा उपचारका क्रममा आउने जुनसुकै विरामीले आप्mनो आवश्यकतानुसार जुनसुकै समयमा रकम जम्मा गरी अस्पतालको सेवा उपभोग गर्न पाउनेछन् ।


क्लिकमान्डु