सिडिएससीले त्रुटी नसच्याए प्रतिकारमा उत्रने दबाब समूहको घोषणा



काठमाडौं । सिडिएससीले साउन १ गतेदेखि लागु गरेको पुँजिगत लाभकर गणना विधि र प्रक्रिया आम लगानीकर्ताहरुलाई झन्झटिलो, अवैज्ञानिक र त्रृटि पूर्ण रहेको लगानीकर्ता दबाब समूहको ठहर रहेको छ ।

सेयर बजार प्रविधि मैत्री बन्दै गरेको अवस्थामा सिडिएससीको पछिल्लो निर्देशनले सेयर बजालाई प्रविधि मैत्री बन्न नदिने दुस्साहस पूर्ण प्रयास गरिएको समूहको ठहर छ ।

समूहका अध्यक्ष हरी ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता दुस्साहस पूर्ण प्रयासहरुलाई सेयर लगानीकर्ता दबाब समूह शसक्त प्रतिबाद र प्रतिकार गर्ने छ । उक्त अव्यवहारिक निर्णयलाई तत्काल स्थगित गरी सहज रुपमा खरिद बिक्री गर्न पाउने लगानीकर्ताको अधिकारलाई कुण्ठित गर्न खोज्नेहरु माथी सरोकारवाला तथा आम लगानीकर्ताहरुले शसक्त प्रतिवाद र प्रतिकार गर्ने छौं ।’

पछिल्लो समयमा सेयर बजारमा आन्दोलनका उपलब्धीहरु माथी विभिन्न खालका सुनियोजित षडयन्त्रहरु हुन लागेको हाम्रो यस संगठनको ठहर छ ।


क्लिकमान्डु