माछापुच्छ्रे बैंकको नाफा ३० प्रतिशतले बढ्यो, सेयरधनीलाई १ अर्ब ३२ करोड बाड्न मिल्ने



काठमाडौं । माछापुच्छ्रे बैंकले ३० प्रतिशतले नाफा बढाएको छ ।

बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक अपरिस्कृत वित्तीय विवरणमा बैंकले १ अर्ब ७० करोड नाफा गरेको विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ३० करोड रहेको छ ।

बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ३२ करोड गरेको जनाएको छ ।

असार मसान्तसम्ममा बैंकमा ८५ अर्ब १९ करोड रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो वर्ष असार मसान्तमा बैंकमा ७१ अर्ब निक्षेप रहेको थियो ।
यस्तै कर्जा ७५ अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्ष कर्जा ६२ अर्ब ४१ करोड रहेको छ ।

८ अर्ब ५ करोड चुक्ता पूँजी रहेको बैंकमा १ अर्ब ४५ अर्ब रुपैयाँ जगेडामा रहेको छ ।

बैंकको बेसरेट १०.३७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असार मसान्तमा ११.०६ प्रतिशत रहेको थियो । कर्जा निक्षेप अनुपात ७६.९८ प्रतिशत रहेको छ । बैंकले ४.९२ प्रतिशतको स्प्रेडमा काम गरेको छ । बैंकको प्रति सेयर आम्दानी २१.१५ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु