आइएमइ मोटर्सको सिफारिस, कामना सेवा बैंकमा सहज सवारी कर्जा
काठमाडौं । कामना सेवा विकास बैंक र आइएमइ मोटर्सबीच व्यापार सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार आइएमइ मोटर्स प्रा. लि. मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लेलेण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइ मोटर्स प्रा. लि. को तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन ।
बैंकले हाल ९४ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।