प्रभु बैंकको वेलकम र स्यालरी सेभिङ खातामा औषधोपचार तथा दुर्घटना बीमा हुने




काठमाडौ । प्रभु बैंकले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले प्रभु बेलकम सेभिङ र प्रभु स्यालरी सेभिङ खाताहरुमा औषधोपचार र दुर्घटना बिमा सुविधा सञ्चालनमा ल्याएको छ ।

यो सुविधाको माध्यमबाट यी दुई खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बिमा बापत ३ लाख र दुर्घटना बिमा बापत १० लाख सम्मको जोखिम बैंकले वहन गर्नेछ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने र अकल्पनिय दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।


क्लिकमान्डु