युनाइटेड फाइनान्सको नाफा १० कराेड ९४ लाख, खराब कर्जा कति ?



काठमाडौं । युनाइटेड फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

फाइनान्सले गत आवको चौथो त्रैमासमा १० करोड ९४ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिको तुलनामा फाइनान्सको नाफा ७०.६६ प्रतिशतले नाफा वृद्धि भएको छ । अघिल्लो आवको सोहि अवधिमा फाइनान्सको नाफा ६ करोड ४१ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३७.२८ प्रतिशत र सञ्चालन नाफा १२२.४२ प्रतिशतले वृद्धि भएको छ । फाइनान्सको नाफा बढाउन खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको देखिएको छ ।

यो अवधिमा फाइनान्सले खुद ब्याज आम्दानी ३१ करोड २० लाख २३ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा २२ करोड ७२ लाख ८५ हजार रुपैयाँ थियो । १३ करोड ६९ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्षको सोहि अवधिमा सञ्चालन मुनाफा ६ करोड १५ लाख रुपैयाँ रहेको थियो । १ अर्ब १ करोड ५ लाख १९ हजार चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ४८ करोड २१ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

६ अर्ब ५५ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ६ अर्ब ८ करोड २३ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको खराब कर्जा ०.६५ प्रतिशत रहेको छ । अघिल्लो आवको सोहि अवधिमा ०.६८ प्रतिशत रहेको थियो ।
प्रतिसेयर आम्दानी १० रुपैयाँ ८३ पैसा रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७२ पैसा रहेको छ ।


क्लिकमान्डु