हिमालयन बैंकको ३० लाख इकाई ऋणपत्र बिक्री खुला, कति पाइन्छ ब्याज ?



काठमाडौं । हिमालयन बैंकले आज (साउन २ गते) देखि ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधिको लागि बैंकले ‘१० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो ।

बैंकले जारी गरेको ऋणपत्र मध्ये १२ लाख इकाइमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन भने सामूहिक लगानी कोषले ६० हजार इकाइमा आवेदन दिन पाउने छन् । बाँकी रहेको १८ लाख इकाइ बैंकले आफ्नै पहलमा विभिन्न संघ संस्थालाई बेच्ने जनाएको छ । उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइने बैंकले नजाएको छ ।

बैंकले प्रति इकाइ १ हजार रुपैयाँ दरमा ऋणपत्र बिक्री गर्ने भएको छ ।
यसको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । उक्त ऋणपत्रमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यो अवधिमा ऋणपत्र बिक्री नभएमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।

ऋणपत्रमा हिमालयन बैंकको शाखा तथा सी-आस्वा सदस्य लिएका बैंंक तथा वित्तीय संस्थाको शाखाबाट आवेदन दिन सकिने छ । बैंकको ऋणपत्रलाई केयर रेटिङले‘ग्रेड ए’ रेटिङ दिएको छ ।


क्लिकमान्डु