माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा १४ लाख १० हजार रुपैंया बराबरको बीमा सुबिधा



काठमाडौं । माछापुच्छ्रे बैंकमा स्मार्ट बचत खाता हुने ग्राहकहरुले १४ लाख १० हजार बराबरको बीमा सुविधा पाउने भएका छन ।

आर्थिक वर्ष २०७६/७७ को सुरुवात संगै माछापुच्छ्र्रे बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै माछापुच्छ्रे स्मार्ट बचत खातामा यो सुविधा थप गरेको जनाएको छ ।

बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख तथा अस्पताल भर्नामा १ लाख सम्मको उपचार खर्च प्रदान गर्नेछ भने वार्षिक रुपमा १० हजार सम्मको औषधी खर्च समेत उपलब्ध गराउनेछ ।


क्लिकमान्डु