सेयर खरिद गरेको रेकर्ड नभए, घाटा हुँदापनि लाभकर तिर्नुपर्ने



काठमाडौं । सेयर खरिद गरेको रेकर्ड छैन भने अब खोज्नुहोस् । यदी रेकर्ड भएन भने तपाईले सेयर बिक्री गर्दा फाइदा नभएपनि लाभकर तिर्नुपर्छ ।

यदी कुनै कम्पनीको सेयर दोस्रो बजारमा ३०० रुपैयाँ लगानीकर्ताले किनेको छ । उसँग त्यसको रेकर्ड छैन र त्यो सेयर २५० रुपैयाँमा बिक्री गर्यो भने १५० रुपैयाँ लाभ गरेको आधारमा लाभकर तिर्नुपर्छ ।

रेकर्ड नभएपछि १०० रुपैयाँमा खरिद गरेको आधार मूल्य मानेर लाभकर लगाउने व्यवस्था कर कार्यालयले गरेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले लगानीकर्ताका लागि भारित औषत लागतको आधारमा गणना गर्ने फाराम सरोकारवालालाई पठाएको छ ।

सम्पूर्ण सरोकारवालाहरुलाई जारी गरिएको सार्वजनिक सूचना संलग्न राखी सम्पूर्ण राफसाफ सदस्यहरुलाई भारित औषत लागतको आधारमा पूँजीगत लाभकर गणना गर्ने सम्बन्धमा निर्देशन दिएको छ ।

सरकारले ो आर्थिक विधेयक २०७६ मार्फत् आयकर ऐन, २०५८ को दफा ९५ (क) को संसोधन मार्फत् “उपदफा (२) को खण्ड (२क) बमोजिम लाभ गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औषत लागतको आधारमा गणना गर्नु पर्नेछ” भन्ने व्यवस्था उल्लेख गरेको छ ।

स्टक ब्रोक्रर एशोसियनका अध्यक्ष भरत रानाभाट खरिदकर्तासँग खरिदको रेकर्ड नभएमा घाटा हुँदापनि लाभकर तिर्नुपर्ने अवस्था आएको बताए ।

‘रेकर्ड नभए १०० रुपैयाँलाई आधार मानेर लाभकर लगाउन भनिएको छ,यसले लगानीकर्तालाई पुरानो रेकर्ड खोज्नुपर्ने झन्झट थपेको छ,’उनले भने ।

सेयर लगानीकर्ताहरुले यो व्यवस्थाले ब्रोक्रर कार्यालयमा नपुगी सेयर कारोबार नहुँने पुरानो प्रणाली फर्काएको टिप्पणी गरेका छन् ।


क्लिकमान्डु