कसले किन्यो नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३२ हजार ९६२ कित्ता संस्थापक सेयरको कारोबार भएको छ ।
बैंकको ३२ हजार ९६२ कित्ता संस्थापक सेयर छरिएर कारोबार भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर २६ वटा कारोबारबाट खरिद र बिक्री भएको छ । संस्थापकहरुले ४६३ देखि ४७८ सम्ममा कारोबार गरेका छन् ।
छरिएर विभिन्न ब्रोक्ररबाट सेयर खरिदबिक्री भएको छ । आन्तरिक रुपमा नै संस्थापकहरुबीच कारोबार भएको बुझिएको छ ।