एभरेष्ट बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा विशेष छुट हुने
काठमाडौं । एभरेष्ट बैंकका ग्राहकलाई ब्लु क्रस हस्पिटलमा विशेष छुट हुने भएको छ ।
एभरेष्ट बैंक र ब्लु क्रस अस्पतालबीचको एमओयू अनुसार ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउँनेछन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । “सर्भिस विथ स्माईल” नारा रहेका एभरेष्ट बैंकले ग्राहकको सुविधा र लाभका लागि निरन्तर यस्ता काम गदैै आएको जनाएको छ ।
एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
त्यसै गरी काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पताल बहुविशेषता भएको, तृतीय स्तरको स्वास्थ्य सेवा केन्द्र हो जसको हाल ५५ वटा बेडमार्फत सेवा प्रदान गरिरहेको छ ।