पुँजीगत लाभकरको असरले सेयर बजारमा दोहोरो अंकको सुुधार
काठमाडौं । नयाँ आर्थिक वर्ष लागेको पहिलो दिन नै सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । लामो समयदेखि सेयर बजारमा देखिएको गिरावट साउन १ मा दोेहोरो अंकको सुधार भएको हो । आज बाट नै पुँजीगत लाभकरको गणना विधि भारित औसत विधिअनुसार गणना सुरु भएको छ ।
सिडिएससी एण्ड क्लियरीङ लिमिटेडले सूचना जारी गर्दै लगानीकर्ताको स्वामित्वमा रहेको हितको भारित औसत लगानीको आधारमा गणना गर्ने जनाएको छ । यसले पनि बजारको सुधारमा सहयोग गरेको लगानीकर्ता बताउन थालेका छन् ।
नेप्से मापन गर्ने सूचक १५.८५ अंकले बढेर १२७५.८६ बिन्दुमा रोकिएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८६ अंकले बढेर २७४.११ बिन्दुमा रोकिएको छ ।
१६७ कम्पनीको १३ लाख ७५ हजार १९० कित्ता सेयर ४२ करोड ७६ लाख ४३ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको १६.६९, डेभलपमेन्ट बैंक २७.३५, जलविद्युत १८.३७, निर्जीबन बीमा कम्पनी ५५.०२, उत्पादन तथा प्रशोधन ३५.२८, माइक्रोफाइनान्स २५.८९, जीवन बीमा समूहको उपसूचक ४९.६९ बिन्दुले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको ४ करोड ७५ लाख २२ हजार २९४ कित्ता सेयर कारोबार भएको छ । यस्तो दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट रहेका छन् ।
कारोबारमा उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने सिभिल लघुवित्त वित्तीय संस्था, दिब्यश्वरी हाईड्रोपावर, युनाइटेड फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।