साना किसान बैंकलाई उद्यमशिलतामा केन्द्रीत रहेर कर्जा प्रवाह गर्न अर्थमन्त्री खतिवडाको निर्देशन



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले साना किसान बैंकलाई उद्यमिशलताको विकासमा केन्द्रीत रहेर कर्जा प्रवाह गर्न निर्देशन दिएका छन् ।

राष्ट्र बैंकले संचालन गरेको स्वाबलम्बन विकास कोषको रकम साना किसान बैंकलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्था सहर केन्द्रीत भएको बेला साना किसान गाउँ केन्द्रीत वित्तीय संस्थामा जाने बिकल्प भएको बताए ।

कोषमा रहेको ३५ करोड रुपैयाँ ऋण र १ अर्ब १० करोड रुपैयाँ सम्पत्ति साना किसान बैंकमा हस्तान्तरण भएको छ ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल तथा अर्थमन्त्रालयका राजस्व सचिव उपस्थित थिए ।


क्लिकमान्डु