सेयर बजारमा सामान्य सुधार, मार्जिन कलबाट जोगिन लगानीकर्ताको यस्तो चाल



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मापन गर्ने सूचक ४.४५ अंकले बढेर १२५९.०१ बिन्दुमा रोकिएको छ ।

१६१ कम्पनीको १९ लाख ५६ हजार ६३० कित्ता सेयर ३४ करोड ७२ लाख ८९ हजार २७५ रुपैयाँमा किनबेच भएको छ ।

नेप्सेका अनुसार ११ समूहको कारोबारमा बैंकिङ ४.१३, होटल ५६.०८, डेभलपमेन्ट बैंक ५.९९ वित्त कम्पनी ५.१४, निर्जीबन बीमा कम्पनी १०.४६, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ७.०९ बिन्दुले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । नेपाल बैंकको ५ करोड ७८ लाख ७२ हजार रपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफको संस्थापक सेयर र नबिल बैंक रहेका छन् ।

मंगलबार नबिल इक्विटी फण्ड, सिभिल लघुवित्त वित्तीय संस्था, सिजिटन्स म्यूचुअल फण्ड–१का लगानीकताएले कमाएका छन भने गुमाउनेमा आँखुखोला जलविद्युत कम्पनी, रिडि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, स्वरोजगार लघुवित्त विकास बैंकको लगानीकर्ताले गुमाएका छन् ।

मंगलबार कारोबार सुरुहुनासाथ ३१ अंकले बजार बढेको थियो । कारोबारको सुरुमा अप्रत्यासित रुपमा बढेको बजार अन्तिम समससम्म त्यही गतिमा रोकिन सकेछ । कारोबार सुरु भएको केही समय पछि बजारमा गिरावट देखियो । मंगलबार भने केही लगानीकर्ताहरुले मार्जिन कल आउने डरले बजारमा चलाखी गरेको लगानीकर्ताहरुको चचलखेल गरेको स्वयम लगानीकर्ताकै भनाई छ ।

अहिले बजार बढेको खण्डमा केही समयको लागि भएपनि मार्जिन कल आउने समस्याबाट मुक्ति पाउन केही लगानीकर्ताले चलखेल गरेको बताइएको छ । जुन योजना कारोकारको पूर्ण समयसम्म टिक्न भने सकेन ।


क्लिकमान्डु