साउनदेखि सामान आयात निर्यात गर्दा भिसिटिएसमा दर्ता गर्नु पर्ने

532
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले साउन १ गतदेखि भेहिकल ट्रयाकिङ सिस्टम लागु गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले साउन १ गतेदेखि ढुवानी साधन तथा मालसामानको विवरण प्रविष्टि गरेर मात्र ढुवानी गर्न सबैलाई आग्रह गरेको छ ।

विभागका अनुसार व्यवसायीक प्रयोजनाका लागि मालसामानको आन्तरिक ओसाप पसार गर्ने आयात–निर्यातकर्ता, भन्सार, एजेन्ट, ढुवानी, व्यवसायी, उद्योग, वितरक तथा थोक विक्रेताले मालसामानको थोक स्थरमा बिक्री गर्दा भिसिटिएसमा सामानको विवरण प्रविष्टि गर्न आग्रह गरेको छ ।