राष्ट्र बैंकले नेप्सेमा रहेको सेयर बेच्ने, प्रति कित्ता कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलेको नाममा रहेको १७ लाख २९ हजार ९८९.५० कित्ता सेयर बिक्री गर्ने भएको छ ।

बैंकले प्रति सेयर १०० रुपैयाँका दरले लिलाम बढाबढको माध्यमबाट उक्त सेयर बिक्री गर्ने जनाएको छ । त्यसको लागि इच्छुक बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचिकृतसंगठीत संस्थाहरुले आवेदन दिन पाउने छन् । राष्ट्र बैंक वित्त व्यवस्थापन विभागका अनुसार आज (३१ गते) देखि भदौ २ गतेसम्ममा आवेदन दिनइसक्नु पर्ने छ ।

उक्त सेयर खरिद गर्न राष्ट्र बैंंकले १९ वटा शर्त राखेको छ । जसमा सेयर खरिदका लागि आवेदन गर्दा नेप्सेको कूल सेयर पुँजीको कम्तिमा ५ र बढिमा १० प्रतिशत सम्म हुनेगरी आवेदन दिनुपर्ने छ । सेयरको मूल्य न्यूनतम प्रतिसेयर १ हजार ३२ रुपैयाँ तोकिएकोले गर्दा सो वा सो सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्ने छ । प्राप्त आवेदनहरु भदौ ४ गते बिहान ११ बजे राष्ट्र बैंकको वित्त विभागमा खोलिने छ ।


क्लिकमान्डु