बैंकको ब्याज र किस्ता तिर्ने समय १५ दिन थप



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सावा र ब्याज तिर्ने समय १५ दिन थपेको छ ।

राष्ट्र बैंकले बाढी पहिरोको कारण असार मसान्तसम्म तिर्नुपर्ने साँवा ब्याज एवं किस्ता रकम साउन साउन ३० गतेसम्म तिर्दा हुने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकम नियमनकारी कोषमा जम्मा गर्नु नपर्ने व्यवस्थालाई परिवर्तन गरेर आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र कायम राखेको छ ।

यसअघिका वर्षहरुमा भने आर्थिक वर्ष समाप्त भएको १५ दिन अर्थात् साउन १५ गतेसम्म ऋणको ब्याज र किस्ता बुझाउन पाइने व्यवस्था हुन्थ्यो ।

राष्ट्र बैंकले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र ब्याज तिर्दा हुने व्यवस्थालाई आर्थिक वर्ष समाप्त भएको समाप्त भएको एक महिना बनाएको हो ।

पहिला साउन १५ सम्म यस्तो सुविधा पाउने व्यवस्था थियो अब साउन मसान्तसम्म यस्तो सुविधा पाउने व्यवस्था छ ।

नेपाल उद्योग वाणिज्य महासंघले ब्याज तिर्ने समय थप गर्न माग गरेको थियो ।

 


क्लिकमान्डु