नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रक्रिया अगाडि बढाउने धितोपत्र बोर्डको घोषणा



काठमाडौं । धितोपत्र बोर्डले विगतदेखि नै चर्चामा रहेको नयाँ स्टक एक्सचेन्ज खोल्न दिने घोषणा गरेको छ ।

धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सेयर बजारको विकासको लागि नेपाल स्टक एक्सचेन्जको सुधारको प्रक्रियासँगै नयाँ स्टक एक्सचेन्ज खोल्न दिने उल्लेख गरेको छ ।

सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डलाई स्टक एक्सचेन्ज खोल्न दिने अधिकार छ । यसको लागि अर्थमन्त्रालयको सहमति भने आवश्यक पर्छ ।

अहिले सरकारी लगानीको स्टक एक्सचेन्जमा मात्र सेयर कारोबार हुँदै आएको छ ।
यद्यपी नयाँ स्टक एक्सचेन्ज ल्याउने बोर्डको घोषणा नयाँ कार्यक्रम भने होइन । विगत एक दशकदेखि नयाँ स्टक एक्सचेन्ज खोल्ने कुरा चर्चामा हुन्छ ।

यस्तै धितोपत्र बोर्डले उत्पादन मुलक कम्पनीलाई सेयर बजारमा भित्राउनको लागि बुक बिल्डिङ प्रणालीलाई लागु गर्ने जनाएको छ ।


क्लिकमान्डु