एन आई सी एशिया बैंकको शाखारहित बैंकिङ्ग गोर्खाको सिउरेनीटारमा



काठमाडौं । एन.आइ.सी एशिया बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा आपm्नो ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याई कारोबार शुचारु गरेको छ ।

बैंकले संचालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राम प्रसाद रेग्मीले गरका छन । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहकीलाई नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।

बैंकलाई हाल मुलुकभर २९० शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा÷शाखारहित बैंकिङ्ग सेवा संचालन गर्ने योजना अगाडि सारेको छ ।


क्लिकमान्डु