साथीसँग व्यवसाय सुरु गर्दै हुनुहुन्छ यी ६ वटा कुरा ख्याल गर्नुहोस



पैसाकै कारण कैयन सम्बन्ध चिसिएको हामीले देखेकै हौं । त्यसमा पनि साथीहरुका बीचमा पैसा आउँछ भने त यो खतरा अझ बढी खतरनाक हुन सक्छ । पैसा कै कारणले मित्रता दुस्मनीमा बदलिएको हामीले देखेकै छौं ।

त्यसैले यदि तपाई पनि साथीको व्यवसायमा पैसा लगानी गर्दैै हुनुहुन्छ भने एकपटक सोच्नुहोस । ताकी भविष्यमा पछुताउनु नपरोस । व्यवसाय र साथीको सम्बन्ध एकै ठाउँमा मिसाउनबाट बच्नुहोस ।

यसमा कारण के हो भने पैसाले साथीसँग भएको मित्रता खाइदिन सक्छ । वा पैसा मित्रतामा हावी हुन सक्छ । तर साथीको व्यवसायमा हिस्सेदारी बन्ने सोच बनाइसक्नु भएको छ भने यी कुराहरु भने ख्याल राख्नुहोस ।

१) के साथीसँग पर्याप्त अनुभव छ ?
राम्रो साथी हुनु भनेको उसले व्यवसाय पनि राम्रो गर्छ भन्ने होइन । लगानी गर्नुभन्दा अगाडि उसमा भएको उद्यमशिलता कस्तो छ ख्याल राख्नुपर्छ । के उसले पहिले कुनै कारोबार गरेको छ ।

यदि छ भने व्यवसाय कसरी चलिरहेको छ ? वा पहिले कुनै व्यवसाय गरेको छ भने त्यसमा साथी सफल भएको छ कि छैन ? के उसको शिक्षा दीक्षा उक्त काम गर्नका लागि सहयोगी बन्छ । कोही तपाईको असल साथी छ भन्ने आधारमा मात्रै पार्टनरसिप नगर्नुहोस ।

 

२) के छ बिजनेस प्लान
अर्को महत्वपूर्ण कदम के हो भने तपाईले लगानी गर्नु अगाडि साथीसँग कुनै बिजनेश प्लान छ कि छैन ? यसले उक्त व्यवसाय कति समयसम्म चल्छ भन्ने थाहा हुन्छ । बिजनेश योजना मार्केट रिसर्चमा आधारित हुनुपर्छ ।

बिजनेस प्लानमा पैसा कति समयदेखि रिर्टन आउन सुरु गर्छ थाहा हुनुपर्छ । कति समयमा उक्त अवस्थामा पुग्नेछ जहाँबाट खर्च र आम्दानी बराबरी हुन्छ । यदि कुनै बिजनेस प्लान छैन भने लगानी भुलेर पनि गर्नु हुँदैन ।

३) तपाईको के भूमिका हुन्छ ?
सुरुवातमै तपाईको व्यवसायमा कस्तो भूमिका हुन्छ स्पष्ट हुनुपर्छ । व्यवसायमा तपाईको के भूमिका हुन्छ थाहा हुँदा काम गर्न सजिलो हन्छ ।

के पैसा लगानी गर्ने मात्रै तपाईको काम हो वा तपाईको निर्णयले पनि व्यवसायमा काम गर्छ ? उदाहरणका लागि यदि साथी प्रोडक्सनमा छ भने तपाई मार्केटिङको जिम्मेवारी लिन सक्नुहुन्छ । यसमा मित्रतामा राम्रो आपसी समझदारी हुनुपर्छ । यदि भूमिका स्पष्ट हुँदैन भने पछि समस्या आउँछ ।

४) सबै जाखिम हेर्नुहोस
राम्रो योजना तथा भरपूर उत्साह भए पनि खराबभन्दा खराब स्थितीका लागि तयार हुुनुपर्छ । बिजनेशलाई कुन चिजले खतरा हुन सक्छ जानकार हुनुपर्छ । व्यवसायमा नचल्दा तपाईहरु अगल हुनुपर्ने अवस्था पनि आउँछ । त्यसैले यसको खाका तयार पार्नु राम्रो हुन्छ ।

५) सम्झौता आफूसँगै राख्नुहोस
सम्बन्ध जति नै राम्रो भए पनि आफूहरुसँग भएका सम्झौताहरु आफैसँग राख्नुपर्छ । लगानी गर्दा सम्झौता लिखितमा हुनु जरुरी हुन्छ । कानूनी सम्झौता गर्नुपर्छ । यसले भविष्यमा हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्न सहयोगी हुन्छ ।

६) त्यति मात्रै पैसा लगानी गर्नुस, जति गुमाउन तयार हुनुहुन्छ
साथीको व्यवसायमा लगानी गर्दा त्यति मात्रै पैसा लगानी गर्नुहोस जति तपाईले लगानी गर्न सक्नुहुन्छ । बिजनेस प्लान जति नै राम्रो हुँदा पनि स्टार्ट अप फेल हुने शंका सधैव रहन्छ । त्यसैले जति गुमाउन सकिन्छ त्यतिमात्रै पैसा लगाउनुहोस ।


क्लिकमान्डु