मर्जरको चर्चा चल्दा मेगा बैंकको २ लाख ५ हजार कित्ता संस्थापक सेयर किनबेच



काठमाडौं । मेगा बैंकको २ लाख ५ हजार ८७१ कित्ता संस्थापक सेयरको कारोबार भएको छ ।

आइतबार स्टक एक्सचेन्जमा ४ वटा कारोबार गरेर मेगा बैंकको २ लाख ५ हजार ८७१ कित्ता सेयर प्रतिकित्ता १०६ रुपैयाँमा कारोबार भएको हो ।

स्टक एक्सचेन्जका अनुसार ३९ नम्बरबाट खरिद भएर ३२ नम्बरबाट ४१ हजार २९८ कित्ता सेयरको कारोबार भएको छ ।

यस्तै ३९ न्रम्बरबाट खरिद भएर ३२ नम्बरबाट बिक्री भएर २४ हजार ४५१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

१ नम्बर ब्रोक्ररबाट खरिद भएर २५ नम्बरबाट ८५१२२ कित्ता सेयर किनबेच भएको छ ।
४० नम्बरबाट खरिद भएर ५६ नम्बर बिक्री भएर ५६ हजार कित्ता संस्थापक सेयर कारोबार भएको छ ।


क्लिकमान्डु